Category: Golden Jubilee


  • सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक गौरवमय स्वर्ण महोत्सव समारोह २०८१ को अवसरमा २०८१ साल पुस १४ अभिभावक सचेतना तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महतो, विशिष्ट अतिथि खेम प्रसाद महतो, स्वर्ण महोत्सव समारोह २०८१ का संयोजक तथा वि.व्य.स.अध्यक्ष सु.लेख बहादुर गुरुङको अध्यक्षता भएको थियो…

  • यस सोमेश्वर माध्यमिक विद्यालयको गरिमामय स्वर्ण महोत्सव २०८१ को अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू मध्ये मिति २०८१ पुस १८ गते पूर्व प्र.अ., पूर्व शिक्षकहरू, पूर्व कर्मचारीहरूको पुनर्मिलन कार्यक्रम रहेको हुँदा उक्त दिन यहाँको गरिमामय उपस्थितिका लागी हार्दिक अनुरोध गरिन्छ।

  • सोमेश्वर माध्यमिक विद्यालयले मनाउन गइरहेको गरिमामय स्वर्ण महोत्सव समारोहलाई भव्य रुपमा सम्पन्न गर्नको लागि यसै विद्यालयका पूर्व लेखापाल स्व. सुर्य अधिकारीको स्मृतिमा अधिकारी परिवारद्वारा स्वर्ण स्मारक स्तम्भ बनाउने कार्य सुरु भएको छ ।

  • माडी नगरपालिका वडा नं. १, बरुवा, चितवनमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयले यस वर्ष २०८१ पुस २६ गतेदेखि २०८१ माघ ३ गतेसम्म विविध शैक्षिक, खेलकुद, पुरस्कार तथा सम्मान, विविध कला, संस्कृति झल्किने झाँकी एवम् विभिन्न कार्यक्रमसहित “व्यवहारिक र सिपमूलक शिक्षाः हाम्रो प्रतिबद्धता” भन्ने मूलनारालाई आधार बनाएर स्वर्ण महोत्सव २०८१ भव्य तरिकाले मनाउँन गइरहेको छ ।