सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक गौरवमय स्वर्ण महोत्सव समारोह २०८१ को अवसरमा २०८१ साल पुस १४ अभिभावक सचेतना तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महतो, विशिष्ट अतिथि खेम प्रसाद महतो, स्वर्ण महोत्सव समारोह २०८१ का संयोजक तथा वि.व्य.स.अध्यक्ष सु.लेख बहादुर गुरुङको अध्यक्षता भएको थियो । सो कार्यक्रममा नारायणी नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी र भीमोदय नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक डा. हरि कंडेलले अभिभावक सचेतनाको बारेमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा विद्याथी, शिक्षक, अभिभावकहृरू, विभिन्न विद्यालयहरुको प्र.अ., वि.व्य.स. अध्यक्षहरूको उपस्थिति रहेको थियो ।