माडी नगरपालिका वडा नं. १, बरुवा, चितवनमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयले यस वर्ष २०८१ पुस २६ गतेदेखि २०८१ माघ ३ गतेसम्म विविध शैक्षिक, खेलकुद, पुरस्कार तथा सम्मान, विविध कला, संस्कृति झल्किने झाँकी एवम् विभिन्न कार्यक्रमसहित “व्यवहारिक र सिपमूलक शिक्षाः हाम्रो प्रतिबद्धता” भन्ने मूलनारालाई आधार बनाएर स्वर्ण महोत्सव २०८१ भव्य तरिकाले मनाउँन गइरहेको छ ।